काठमाडौं । राजनीतिक वृत्तमा शक्ति बाँडफाँट र पदको खिचातानी चर्किँदै गएका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहमतिलाई नयाँ ढंगले परिभाषित गरेका छन्। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग सातबुँदे रणनीतिक सहमति भएपछि लामिछानेले सहमति व्यक्तिगत वा दलीय स्वार्थभन्दा माथि हुनुपर्ने धारणा सार्वजनिक गरेका हुन्। आज बिहान बालेन शाहसँग निर्णायक वार्ता सम्पन्न भएपछि…