कैलाली । सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले आज बुधबार सरकार गठनका लागि आह्वान गर्नुभएको छ । प्रमुख जोशीले प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूलाई यहि पुस २७ गते साँझ ५ बजेभित्र मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गर्नुभएको हो । प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शैलेशराज ढुंगानाले प्रदेश प्रमुख जोशीले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम…