काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आह्वान गर्नुभएको छ । आज उहाँले संविधानको धारा ७६(२) अनुसार सरकार गठन गर्न ७ दिनको समय दिनुभएको हो । त्यसकालागि पुस १० गते साँझ ५ बजेसम्मको म्याद दिइएको छ । संविधानको उक्त व्यवस्था अनुसार प्रतिनिधिसभामा दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रतिनिधिसभा सदस्यले…