काठमाडौं । नेपाली कांग्रेसले उपसभामुखमा सांसद मुक्ताकुमारी यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । शुक्रबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो । कांग्रेस केन्दीय सदस्य समेत रहेकी यादव समानुपातिकबाट सांसद हुनु भएको थियो । संसद सचिवालयले शुक्रबार उम्मेदवारको मनोनयन दर्ता र शनिबार उप सभामुखको निर्वाचन गर्ने कार्यतालिका…