काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने कुनै पनि गतिविधि मुलुकमा हुन नदिन सरकार दृढ र प्रतिवद्ध रहेको बताउनुभएको छ । जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त सो उपलब्धिलाई गुम्न नदिन सरकार दृढ रहेको उहाँको भनाई थियो । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले शान्ति प्रक्रियाको बाँकि कामलाई सम्पन्न गर्नका लागि संक्रमणकालीन न्यायको…