Logo २६ फाल्गुन २०८२, मंगलबार | Wed Mar 11 2026


कांग्रेस मधेश प्रदेशकाे संसदीय दलकाे नेतामा यादव

रौतहट । नेपाली कांग्रेस मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादव संसदीय दलकाे नेतामा निर्वाचित हुनुभएकाे छ । उहाँले प्रदेशका २२ सांसदमध्ये १८ मत पाउनु भएकाे थियाे । प्रतिस्पर्धी रामसरोज यादवले ४ मत मात्र पाएको निर्वाचन समितिले जनाएको छ । दलको नेता चयन भएका कृष्ण पार्टीको केन्द्रीय सभापति शेरबहादुर देउवा समूहका छन् ।