काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मदन–आश्रित दिवसले कम्युनिष्ट तथा वामपन्थी शक्तिबीच सहकार्य गर्न प्रेरणा दिने बताउनु भएको छ । ३० औं मदन–आश्रित स्मृति दिवसका अवसरमा सामाजिक सञ्जाल ट्वीटरमार्फत शुभकामना सन्देश दिँदै उहाँले यस्तो बताउनु भएको हो । प्रधानमन्त्री दाहालले भन्नु भएको छ –‘आज ३० औँ मदन–आश्रित स्मृति दिवसको अवसरमा रहस्यमय दासढुंगा दुर्घटनामा परी दिवंगत…