Logo १२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026


बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा नेपाल नियुक्त

हेटौंडा । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा ज्ञानेन्द्र नेपाल नियुक्त हुनुभएकाे छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपाललाई मुख्य न्यायाधिवक्तामा आज नियुक्त गर्नुभएकाे हाे। नेपालको संविधानको धारा १६० को उपधारा ९२० बमोजिम सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१४ का निवासी नेपाललाई प्रदेश प्रमुख शर्माले नियुक्त गर्नु भएकाे हाे।