काठमाडौं । नेपालका पहिलो गभर्नर स्वर्गीय हिमालयशम्शेर जबराको पार्थिव शरीरमा नेपाली कांग्रेसले आफ्नो पार्टीको झन्डा ओडाएर श्रद्धाञ्जली व्यक्त गरेको छ । कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको झन्डा ओडाएर जबराप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो । आइतबार बिहान जबरालाई श्रद्धाञ्जली व्यक्त गर्न देउवासँगै महामन्त्री गगन थापा, नेताहरु प्रकाशमान सिंह, सुनिल थापा, उदयशम्शेर राणा लगायत उहाँको निवास थापाथली…