Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


देउवा भेट्न राजेन्द्र लिङ्देन महाराजगन्जमा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ। देउवालाई भेट्न आज लिङ्देन देउवा निवास महाराजगन्ज पुगेका हुन्। पृथ्वी जयन्तीको अवसरमा राप्रपाद्वारा आयोजित चियापानको निम्तो दिन अध्यक्ष लिङ्देन देउवा निवास पुगेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए। भेटमा आसन्न चुनाव र समकालीन राजनीतिका विभिन्न विषयमा कुराकानी भएको बताइएकाे छ ।