Logo ३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026


उदयपुर– २ मा एमालेबाट डा.भेषराज थापासहित पाँचजना सिफारिस


624
Shares

काठमाडाैं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उदयपुर क्षेत्र नम्बर २ मा एमालेबाट पाँचजनाको नाम सिफारिस गरिएको छ।

एमाले उदयपुर कमिटीको गाईघाटमा बसेको बैठकले पूर्वाधारविज्ञ डा.भेषराज थापासहित नेता ज्ञानेन्द्र श्रेष्ठ, लोकतान्त्रिक आदिवासी जनजाति महासंघका महासचिव देवराज राई, एमाले कोशी प्रदेश कमिटी सचिवालय सदस्य अमर रायमाझी र कोशी प्रदेशका पूर्वउपसचिव शैलेश लामालाई सिफारिस गरेको हो।