काठमाडाैं । नागरिक उन्मुक्ति पार्टीले आफूहरुलाई पद नभई न्याय चाहिएकाे बताएकाे छ । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा बोल्दै नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम चौधरीले आफूहरुलाई पद नभई न्याय चाहिएको बताउनु भएकाे हाे। सुदूरपश्चिम प्रदेशमा कांग्रेसले दिएको मुख्यमन्त्री र चार मन्त्रीको प्रस्तावलाई छाडेर सत्ता गठबन्धनलाई समर्थन गरेको, तर अहिलेसम्म मागमुद्दा सम्बोधन नहुँदा शंका बढेको उहाँले बताउनु…