नागरिक उन्मुक्तिका सांसद भन्छन् : हामीलाई पद नभई न्याय चाहिन्छ « Imagekhabar – Online News Portal of Nepal
२० माघ २०७९, शुक्रबार | Sat Feb 4 2023


नागरिक उन्मुक्तिका सांसद भन्छन् : हामीलाई पद नभई न्याय चाहिन्छ


117
Shares

काठमाडाैं । नागरिक उन्मुक्ति पार्टीले आफूहरुलाई पद नभई न्याय चाहिएकाे बताएकाे छ ।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा बोल्दै नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम चौधरीले आफूहरुलाई पद नभई न्याय चाहिएको बताउनु भएकाे हाे।

सुदूरपश्चिम प्रदेशमा कांग्रेसले दिएको मुख्यमन्त्री र चार मन्त्रीको प्रस्तावलाई छाडेर सत्ता गठबन्धनलाई समर्थन गरेको, तर अहिलेसम्म मागमुद्दा सम्बोधन नहुँदा शंका बढेको उहाँले बताउनु भयाे ।

यद्यपि नागरिक उन्मुक्ति पार्टीले सभामुखमा सत्ता गठबन्धनका उम्मेदवार देवराज घिमिरेलाई मत दिने जनाएकाे छ ।