काठमाडाैं । नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारमाथि नै धावा बोल्ने काम गरिरहेको आरोप लगाउनु भएको छ । शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सहमहामन्त्री समेत रहनुभएका सांसद पाण्डेले संविधानले नचिनेको उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक हुँ भनेर एमाले अध्यक्ष ओलीले कार्यपालिकामाथि नै धावा बोल्ने काम गरिरहेको आरोप लगाउनुभएको हो । संविधानले…