अकुत सम्पत्ति कमाएका सबैको सम्पत्ति छानबिन गर्न सांसद्काे माग « Imagekhabar – Online News Portal of Nepal
१६ माघ २०७९, सोमबार | Mon Jan 30 2023


अकुत सम्पत्ति कमाएका सबैको सम्पत्ति छानबिन गर्न सांसद्काे माग


52
Shares

काठमाडौं । जनता समाजवादी पार्टीका सांसद् राजकिशोर यादवले ठुल्ठूला पदमा बसेर अकुल सम्पत्ति आर्जन गर्ने सबैको सम्पत्ति छानबिन गर्न माग गर्नुभएकाे छ ।

प्रतिनिधिसभाको शनिबारको बैठकमा उपसभामुखको निर्वाचनका सम्बन्धमा भएको छलफलको क्रममा बोल्दै सांसद् यादवले त्यसका लागि तत्कालै विधेयक ल्याएर अघि बढाउनु पर्नेमा जाेड दिनुभयाे ।

उहाँले संविधानको व्यवस्थाअनुसार समावेशी समानुपातिक र समतामूलक समाज निर्माण बाटोमा देशलाई अघि बढाउन नसके संसद्प्रति जनताको मोह नासिएर जान सक्ने बताउनु भयाे ।