काठमाडौं । निर्वाचन आयोगले यहि फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि साेमबार राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि कायम रहने जनाएको छ । आयाेगले साेमबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै यस्ताे बताएकाे हाे । फागुन २२ गते मध्यरातदेखि फागुन २५ गते मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने आयाेगले जनाएको हो…