Logo २० फाल्गुन २०८२, बुधबार | Thu Mar 5 2026


मधेस प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीद्वारा पदभार ग्रहण

जनकपुर । मधेस प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीले आज पदभार ग्रहण गर्नुभएको छ । बिहिबार जिम्मेवारीसहितको पत्र प्राप्त गरेपछि आज नवनियुक्त मन्त्रीहरुले पदभार ग्रहण गर्नुभएको हो । भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाउनुभएका नेकपा (एमाले) मधेस प्रदेशको संसदीय दलका नेतासमेत रहनुभएका मन्त्री सरोजकुमार यादवले मधेस लोकमार्गलाई प्राथमिकतामा राखेर कार्य अगाडी बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।…