काठमाडाैं । राजनीतिक दलहरुले निर्वाचन आयोगमा पेश गरेको समानुपातिकतर्फको संशोधित बन्दसूचीमा सुचीकृत २९ जना उम्मेदवारले उम्मेदवारी फिर्ताको लागि आयोगमा निवेदन दिएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको लागि समानुपातिक बन्दसूचीबाट प्रतिनिधिसभा सदस्यतर्फ ९ र प्रदेशसभातर्फ २० जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिन निवेदन दिएका हुन् । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभातर्फ…