काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपति निर्वाचनमा सकेसम्म राष्ट्रिय सहमति, त्यसो नहुँदा जोसँग विचार र लक्ष्य मिल्छ उसैसँग मिलेर जाने निर्णय गरेको छ । शनिबार बसेको स्थायी कमिटी बैठकपछि पत्रकारसँग माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले राष्ट्रपतिको चुनावसम्म जाँदा सकेसम्म सहमतिको पक्षमा उभिने बताउनुभयो । कांग्रेसले समेत सरकारलाई विश्वासको मत दिएको हुनाले…