Logo २ माघ २०८२, शुक्रबार | Fri Jan 16 2026


माओवादीले बोलायो पदाधिकारी बैठक

काठमाडौं । राष्ट्रपति चयनलगायत विषयमा छलफल गर्न नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक सोमबार बस्ने भएको छ । माओवादी केन्द्रका नेता मातृका यादवका अनुसार सोमबार दिउँसो ४ बजे पार्टी कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठक बोलाइएको हो । फागुन २५ गते हुने राष्ट्रपति चुनावका विषयमा बैठकमा छलफल गरिने भएको छ ।