काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सातै प्रदेशका मुख्यमन्त्रीहरुको क्लब निर्माण गर्नुपर्ने बताउनुभएको छ । आइतबार गाउँपालिका राष्ट्रिय महासंघले बजेटका बारेमा गरेको छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सातै प्रदेशका मुख्यमन्त्रीहरुले आफ्नो अधिकार प्राप्तिका लागि प्रधानमन्त्रीलाई दवाव दिन एउटा क्लब बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । उपमहासचिव गुरुङले सबै प्रदेशका मुख्यमन्त्री भइसकेपछि…