काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू प्रधानमन्त्री हुने बाटोतिर गईरहेको जस्तो आभास भएको बताउनुभएको छ । शुक्रबारबाट काठमाडौंमा सुरु भएको ‘दोस्रो राष्ट्रिय अर्थशाष्त्री सम्मेलन–२०७९’लाई सम्बोधन गर्दै उहाँले सो टिप्पणी गर्नुभएको हो । अन्तिम वक्ता रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल कार्यक्रममा नआएपछि महामन्त्री थापा सो सम्मेलनको अन्तिम वक्ता हुनु भएको थियो । प्रधानमन्त्री नआउनु…