काठमाडाैं ।नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कर्णाली प्रदेशसभा संसदीय दलको नेता चयन गरेको छ । आज बसेको संसदीय दलको बैठकले मुगुबाट निर्वाचित प्रदेशसभा सदस्य मंगलबहादुर शाहीलाई दलको नेतामा चयन गरेको हो । दल नेताका आकांक्षी विन्दमान विष्ट, दुर्गाबहादुर रावत र शाहीबीच प्रतिस्पर्धा रहेकामा ध्वनि मतमार्फत बहुमतका आधारमा शाही चयन भएका प्रमुख सचेतक कृष्णबहादुर जिसीले जानकारी दिए…