काठमाडौं । उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादव आफूविरुद्ध परेको उजुरीको विषयमा जवाफ दिन निर्वाचन अधिकृतको कार्यालय पुग्नु भएको छ । आइतबार निर्वाचन अधिकृतको कार्यालय पुगेर यादवले आफूविरुद्ध परेको उजुरी खण्डन हुने दाबीसहित जवाफ दिनु भएको हो । शनिबार यादवविरुद्ध नेकपा (एमाले) की उम्मेदवार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झाले उजुरी दिनु भएको…