हालै भारतको गुजरातस्थित एक अदालतले भारतीय काँग्रेसका नेता राहुल गान्धीलाई एउटा मानहानी मुद्दाको फैसला गर्दै दुई वर्षका लागि जेल सजाय सुनाएको छ । उक्त मुद्दाको फैसलामा भनिएको छ –उनले आफू उपर लागेको सजायका विरुद्ध उच्च अदालतमा अपिल गर्न सक्नेछन् । राहुल गान्धी सो मुद्दामा उच्च अदालतमा अपिल गर्ने पक्षमा रहेको कुरा भारतीय सञ्चार माध्यमहरूले बताएका…