काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले मुलुकको व्यापार घाटा कम गर्न स्वदेशी उत्पादनको निर्यात बढाउन आवश्यक रहेको बताउनुभएको छ । शुक्रबार नेपाल निर्यात व्यवसायी महासंघसँगको भेटमा मन्त्री साउदले यस्तो बताउनुभएको हो । उहाँले स्वदेशी उत्पादनको निर्यात बढाउनका लागि सरकार सहयोग गर्न तयार रहेको भन्दै निजी क्षेत्रले तत्परता देखाउनुपर्ने बताउनुभयो । मन्त्री साउदले नेपालले विभिन्न देशबाट बस्तुहरु…