काठमाडौं । सरकारले बालकुमारीमा भएको घटनाका बारेमा निष्पक्ष र वस्तुगत छानबिन गर्न जाँचबुझ तीन सदस्यीय आयोग गठन गरेको छ । सोमवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले ललितपुर महानगरपालिका– ८ बालकुमारीमा भएको घटनाका बारेमा निष्पक्ष र वस्तुगत छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश शेखर पौडेलको अध्यक्षतामा आयोग गठन गरेको हो । आयोगको सदस्यमा पूर्वएआईजी अरुण बिसी र गृह…