काठमाडौं । सङ्घीय संसदको प्रतिनिधि सभा बैठकलाई सुचारु गर्ने विषयमा तीन दलका शीर्ष नेताहरुको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबारमा भएको छलफलमा पशुपतिनाथको जलहरीका विषयमा संसदमा उठेको विवादमाथि छलफल केन्द्रीत थियो । तीन दलका शीर्ष नेताहरूको बैठकमा जलहरी प्रकरणबारे सांसद लेखनाथ दाहालको अभिव्यक्ति रेकर्डबाट हटाउने सहमति भएको छ । यसका साथै एमालेले प्रतिनिधिसभा…