काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार बस्ने गरी संवैधानिक परिषद्को बैठक बोलाउनुभएको छ । आइतबार प्रमुख सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि प्रधानमन्त्रीले संवैधानिक परिषद्को बैठक बोलाउनुभएको हो । मंगलबार दिउँसो ४ बजे बस्ने गरी डाकिएको यो बैठकबाट नयाँ प्रधानन्यायाधीशका लागि नाम सिफारिस गर्ने एजेन्डा…