काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल साताव्यापी चीन भ्रमणका लागि वेईजिङमा हुनुहुन्छ । झन्डै पाँच वर्षमा प्रधानमन्त्रीको स्तरमा नेपालबाट चीनमा भएको यो भ्रमणलाई महत्वपूर्ण मानिएको छ । प्रधानमन्त्रीको हैसियतमा तेस्रो भ्रमणका क्रममा रहनुभएका दाहालले चिनियाँ समकक्षीसँगको भेटपछि १३ बुँदे सम्झौतामा हस्ताक्षरसमेत भैसकेको छ । विभिन्न संशयकाबीच भएको यो भ्रमण र सहमतिलाई सकारात्मकरुपमा हेरिए पनि यसको वास्तविक…