काठमाडौं । राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटाले सरकारले स्थानीय तह र प्रदेशको वित्तीय समानीकरण अनुदान कटौति गरेकोमा आपत्ति जनाउनुभएको छ । शुक्रबार राष्ट्रियसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उहाँले संविधान अनुसार विनियोजन गरिएको प्रदेश र स्थानीय तहले पाउने वित्तीय समानीकरण अनुदान चौंथो किस्ता ५० प्रतिशतले कटौति गर्ने निर्णय तत्काल फिर्ता लिन पनि सरकारसँग माग गर्नुभयो…