काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रमा हारजित स्वभाविक हुने बताउनुभएको छ । उपराष्ट्रपतिको निर्वाचनमा सहभागी भएर संसद भवन नयाँ बानेश्वरबाट बाहिरिने क्रममा अध्यक्ष ओलीले नेपालमा साँठगाँठको सिस्टम अभ्यास भररहेको बताउनुभयो । उहाँले संघदेखि प्रदेशसम्म प्रतिपक्षमा पुगेपनि देश र जनताको पक्षमा काम गर्ने बताउनुभयो । आगामी रणनीतिबारे अहिल्यै भन्न आवश्यक नभएको ओलीको टिप्पणी…