२५ कार्तिक २०८१, आइतबार | Sun Nov 10 2024


प्रधानमन्त्रीको चीन भ्रमणलाई सांसद शाहीले दिए नाटकबाजीको संज्ञा


351
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रधानमन्त्रीको चिन भ्रमणलाई नाटकबाजीको संज्ञा दिनुभएको छ ।

आइतबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रमुख सचेतक शाहीले प्रधामन्त्रीको चीन भ्रमणको क्रममा हङकङ, मकाउ लगायतका देशमा नेपालीहरुले पाउने समस्याको समाधान नभएको बताउनुभयो । उहाँले हङकङ र मकाउमा पासपोर्ट बनाउने सम्बन्धमा नेपालीहरुमा समस्या हुने गरेको भन्दै उहाँले सो समस्या समाधान हुन नसकेको बताउनुभएको हो ।

सांसद शाहीले प्रधानमन्त्रीको चीन भ्रमणलाई नाटकबाजीको संज्ञा दिनुभयो । उहाँले प्रधानमन्त्रीको विदेश भ्रमणबाट कुनै उपलब्धि हासिल हुन नसकेको बताउनुभयो ।