काठमाडौं । कोशी प्रदेशमा सत्ता गठबन्धनको निर्णय विपरित सरकार बनेपछि गठबन्धनलाई झट्का लागेको छ । शनिबार गठबन्धनको निर्णय विपरित नेता शेखर कोइराला समुहका कांग्रेसका केदार कार्की मुख्यमन्त्रीमा नियुक्त भएपछि सत्ता गठबन्धनका नेताहरुलाई झट्का लागको हो । सत्तागठबन्धनबाट माओवादी केन्द्रका इन्द्रबाहादुर आङबो मुख्यमन्त्रीको दाबेदार थिए । तर, कांग्रेसका बिद्रोही ८ सांसद र एमालेका ३९ सांसदको समर्थनमा…