काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिनुपर्नेगरी कुनै राष्ट्रघाती काम नगरेको बताउनुभएको छ । बुधबारको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले प्रधानमन्त्रीको राजीनामा माग गरी संसद अवरोध गरेपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले एमालेले सरकार बाहिर बसेको पीडा अभिव्यक्त गरेको बताउनुभएको हो । सांसद दाहालले सरकार अंक गणितले बन्ने र…