काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्वका युद्धरत विभिन्न मुलुकहरुलाई शान्तिको बाटो अवलम्बन गर्न आह्वान गर्नुभएको छ । शान्तिका अग्रदूत भगवान बुद्धको जन्मस्थल लुम्बिनीबाट उहाँले युद्धरत् मुलुकहरुलाई शान्तिको मार्ग अपनाउन आग्रह गर्नुभयो । उहाँले लुम्बिनीको मायादेवी मन्दिरबाट विश्वलाई शान्तिका लाग आह्वान गर्न पाउँदा आफूलाई खुशी लागेको समेत बताउनुभयो । बुद्ध जन्मस्थल लुम्बिनी वौद्ध धर्मावलम्बीको…