काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसदमा गर्नुभएको सम्बोधनले नेपालको अवस्थाको यथार्थ चित्रण गरेको बताउनुभएको छ । मंगलबार महासचिव गुटेरेसले सम्बोधन गरेलगत्तै अध्यक्ष केसीले सञ्चारकर्मीमाझ सो प्रतिक्रिया दिनुभएको हो । शान्ति प्रक्रियालाई छिटो टुंगोमा पुर्याउनुपर्ने कुरालाई महासचिव गुटेरेसले जोड दिनुभएको उल्लेख गर्दै अध्यक्ष केसीले त्यसमा ढिलाई…