काठमाडौं । नेकपा (एमाले)ले दशैं, तिहार र छठलगायतका चाडपर्वको अवसर पारेर आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल सहभागी हुनुभएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निमन्त्रणामा बुधबार पार्टी केन्दिय कार्यालय च्यासलमा आयोजना गरिएको सो कार्यक्रममा प्रधानमन्त्री दाहाल अपरान्ह पौने ३ बजेतिर सहभागी हुनुभएको हो । चियापान कार्यक्रममा प्रतिनिधि सभाका सभामुख…