काठमाडौं । कोशी सरकारविरुद्धको रिटमा सर्वोच्च अदालतमा आइतबार सुनुवाइ हुने भएको छ । गत शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाले आफ्नो इजलासमा परेको उक्त मुद्दाको सुनुवाइमा बस्न नमानेपछि सुनुवाइ स्थगित भएको थियो । रिटको पेशी आइतबारका लागि तोकिएको हो । मुख्यमन्त्री उद्धव थापाले असंवैधानिक रूपमा विश्वासको मत लिएको भन्दै एमाले कोसी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले…