काठमाडौं । सुन तस्करी प्रकरण छानबिनका लागि सरकारद्वारा गठित उच्चस्तरीय जाँचबुझ आयोगले आफ्नो काम सुरु गरेको छ । बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलनको आयोजना गरी असोज १६ गतेदेखि औपचारिक रुपमा काम सुरु गरेको बताएको हो । पत्रकार सम्मेलनमा बोल्दै आयोगका अध्यक्ष डिल्लीराज आचार्यले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग, २०८० ले काम सुरु गरेको…