परासी । नवलपरासीको सरावल गाउँपालिकाका अध्यक्षसहित जनप्रतिनिधि र कर्मचारीलाई स्थानीयले बाँधेर मन्दिर पुर्याएका छन् । खडेरी परेपछि आजित भएका स्थानीयले पानी पार्नका लागि भन्दै क्षमा पूजाका लागि उनीहरूलाई मन्दिर लगेर पूजाआजा गरेका हुन् । जिल्लामा १५ दिनदेखि पानी नपर्दा धान बाली सुक्न थालेको छ । खडेरीका कारण धान खेत चिरा (धाँजा) परेको छ । लामो…