काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनको ७२ घण्टा अगावै सीमा नाका बन्द गर्ने निर्णय गरिएको छ । कपिलवस्तु, रुपन्देही, पश्चिम नवलपरासी तथा भारतको सिद्धार्थनगर बलरामपूर जिल्लाका सुरक्षा अधिकारीहरूले रुपन्देहीको भैरपहवामा भएको नेपाल भारत सुरक्षा अधिकारीहरूको समन्वयात्मक बैठकमा सो निर्णय गरिएको हो । सो अवधिमा आवातजावत समेत पूर्ण रुपमा बन्द गरिनेछ । निर्वाचनलाई लक्षित गरी बैठकले…