काठमाडौं । गाई त बाँध्यो, ढुंग्रोमा मोही छैन । मोही छैन
गरिबको चमेली बोल्दिने कोही छैन ।
गरिबको बोल्दिने कोही छैन,कोही छैन
गरिबको चमेली बोल्दिने कोही छैन ।
२०५३ सालमा ‘वलिदान’ फिल्ममा समावेश यो गित स्थानीय तह निर्वाचनको मिति नजिकिदै जाँदा फेरी चर्चामा छ । दुई वर्षअघि यस गितको रिमेक बनाएका र्यापर बालेन शाह स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार हुन् । उनले डिजिटल सरकार आइडिया बैंकदेखि व्यक्तिगत घटना दर्ता र वृद्ध भत्ताको होम डेलिभरी , कक्षा आठसम्मको पाठ्यक्रम परिमार्जन गरी पाैराणिक शिक्षा दिनेसम्मको योजना घोषणापत्रमार्फत सार्वजनिक गरिसकेका छन ।
स्ट्रक्चरल इन्जिनियर समेत रहेका र्यापर शाह यतिखेर भोट माग्न कलेजका विद्यार्थीदेखि विभिन्न समुदायमा पुगिरहेका छन्। उनले उम्मेदवारी घोषणा गरेसँगै कलाकारहरूले ‘बालेन फर मेयर’ जस्ता ह्यासट्यागलाई सामाजिक सञ्जालमा ट्रेन्डिङ गराइरहेका छन्। ‘नेताहरूले देश बनाएनन् भनेर गुनासो गर्नुको सट्टा हामी युवाले क्रान्तिको सुरुआत गर्नुपर्छ भन्ने लागेर काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएको हुँ,’ शाहले भने, ‘पुराना अनुहार दोहोरिनुभन्दा नयाँ युवाले देश हाँक्ने आँट गर्नुपर्छ।’
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्