काठमाडौं । स्थानीय तह निर्वाचन मिति नजिकिँदै गर्दा विभिन्न राजनीतिक दल र उम्मेदवारहरूले घरदैलो अभियानलाई तीव्रता दिइरहेका छन्। राजधानीको बुढानीलकण्ठ नगरपालिकामा दुई मुख्य प्रतिस्पर्धीहरू नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारहरूले घरदैलोदेखि प्रचारप्रसारसम्मलाई निरन्तरता दिइरहेका छन्। बुढानीलकण्ठ नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेको प्रतिस्पर्धामा नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र र स्वतन्त्र उम्मेदवारले निर्वाचन आफ्नो पोल्टामा…