काठमाडौं । बजेट भाषणको समय नजिकिंएसँगै बजेट निर्माणको काम तीव्र रुपमा अगाडि बढेको छ ।
आगामी आर्थिक वर्षमा सरकारले आयकरको सीमा (स्लाब) र सरकारी कर्मचारीको तलब बढाउने योजना बनाएको छ । अर्थ मनत्रालयका प्रवक्ता ढुण्डीप्रसाद निरौलाका अनुसार बजेट निर्माण अन्तिम चरणमा पुगेको छ ।
“प्रारम्भिक मस्यौदामा छलफल गरेर अन्तिम रुप दिने काम भइरहेको छ । जेठ १५ मा नै बजेट आउने भएकाले पनि बजेट निर्माण तीव्र रुपमा अगाडि बढेको हो,” उनले भने ।
बजेट कुन आकारको बन्छ भन्ने कुरा अन्तिम अवस्थामा मात्र भन्न सकिने अर्थ मन्त्रालयले जनाएको छ ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्