Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


सेयर बजारमा शुक्रबार पनि नियमित कारोबार हुने


663
Shares

काठमाडौं । हाल अड लट को मात्रै कारोबार हुँदै आएको शुक्रबार पनि सेयर बजारमा नियमित कारोबार हुने भएको छ ।

नेपाल स्टक एक्चेन्ज (नेप्से) मा हाल आइतबारदेखि बिहिबारसम्म पाँच दिन नियमित कारोबार हुँदै आएको छ । भने शुक्रबार अल लटको मात्र कारोबार हुँदै आएको छ ।

सरकारले पेट्रोलियम पदार्थको बचत गर्ने नाममा १ जेठदेखि शनिबार र आइतबार सातामा दुई दिन बिदा दिने घोषणा गरेका कारण नियमित सेयर कारोबार चार दिनमा खुम्चने आशंकाकाबीच नेपाल धितोपत्र बोर्डले शुक्रबार पनि नियमित कारोबार पाँचै दिन गरिने जनाएको हो ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।