काठमाडौं । नेपालको तीनदिने भ्रमणमा आएका अमेरिकी नागरिक सुरक्षा, लोकतन्त्र र मानवअधिकार उपमन्त्री एवं तिब्बती मामिला संयोजक उजरा जेयाले शनिबार तिब्बती शरणार्थीसँग भेटेर शिविरको भौतिक एवं अन्य सुविधा, स्वास्थ्य, शिक्षाका साथै कानुनी हैसियत, चिन्ता र चासोको बारेमा छलफल गर्नुभयो । परराष्ट्र मन्त्रालयका अनुसार यो भेट परराष्ट्र मन्त्रालय अर्थात् नेपाल सरकारको जानकारीबिना नै भएको हो ।…