२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


मतदान गर्न युवा पुस्ता उत्साहित


117
Shares

कलैया । शुक्रबार देशैभरि एकै दिन स्थानीय तहको निर्वाचनका लागि मतदान हँदै छ । ७ सय ५३ स्थानीय तहका लागि भइरहेको निर्वाचनमा विभिन्न राजनीतिक दलका साथै स्वतन्त्र उम्मेदवारसमेत प्रतिस्पर्धामा रहेका छन् । यसअघि कहिल्यै मतदानमा सहभागी नभएका युवापुस्ता मतदान गर्न उत्साहित भएका छन् । पहिलोपटक मतदानमा सहभागी हुन लागेका उनीहरू मतदान केन्द्रमा पुगेर मतदान कसरी गर्ने भन्ने’दयगत जानकारी लिएका छन् ।

निर्वाचन आयोगले मतदान स्थलका साथै निर्वाचन केन्द्रहरूबाटै मतदाता परिचयपत्र वितरण एवं मतदाता शिक्षा दिइरहेको छ। बुधबार र बिहीबार आयोगले यस्तो सेवाको व्यवस्था गरेसँगै मतदान केन्द्रहरूमा बुझ्न युवापुस्ताको सहभागिता बढी रहेको देखिन्छ । नयाँ परिचयपत्रको निवेदन दिएकालाई मतदाता परिचयपत्र वितरणसँग मतदान केन्द्रहरूमा खटेका कर्मचारीले सही तरिकाले मतदान कसरी गर्ने भन्ने’ बारेमा समेत जानकारी दिएका छन् । बाराको कोल्हवीस्थित एक मतदान केन्द्रका मतदान अधिकृत लीला लामाले मतदाता परिचयपत्र लिन आउनेले सही तरिकाले मतदान कसरी गर्ने भन्ने’दयगत समेत चासो राखेको बताए । आफूहरूले उनीहरूलाई मतदान बदर नहोस् भन्ने ’दयगतमा जानकारी गराउँदै मतदाता परिचयपत्रसमेत दिएको लामाले बताए ।

‘निर्वाचनमा पहिलोपटक सहभागी भइरहेका नयाँ पुस्ताका मतदाताले यस्तो विषयमा बढी चासो राखेको देखिन्छ । नयाँ पुस्ताका साथै अन्य समूह एवं वर्गका मतदाताले समेत विभिन्न विषयमा जानकारी लिन खोजेका छन्,’ लामाले भने, ‘हामीले उहाँहरूलाई सहयोग गर्दै मतदान बदर नहोस् भन्ने’ बारेमा जानकारी गराएका छौं ।’ बिहान १० बजेबाट मतदाता परिचयपत्र वितरणका साथै शुक्रबार हुने मतदानका लागि आवश्यक तयारी गरिरहेको उनले बताए । मतदान’ बारेमा बुझ्न आएकालाई नमुना मतपत्रमा मत हाल्न सिकाएको लामाले बताए ।करैयामाईस्थित मतदान केन्द्रका मतदान अधिकृत रामलोचन साहले मतदाता परिचयपत्रका साथै आफूहरूले मतदाता शिक्षासमेत दिएको बताए । यसअघिको निर्वाचनमा मतदान गर्नेभन्दा पहिलोपटक मतदान गर्न लागेका नयाँ पुस्ताका युवाले आफ्नो मतदान बदर नहोस् भन्ने विषयमा चासो राखेको साहले बताए।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।