काठमाडौं । हरेक मान्छेको चाहना हुन्छ– सुखी बन्ने । कोही आफ्नो र परिवारको स्वार्थमा मात्र सुख भेट्छन् भने कोही परकल्याणमा। आफ्ना लागि त पशु पनि बाँच्छ, समाजका लागि बाँच्नेहरू महान् हुन्छन्। त्यस्तै सामाजिक अगुवा हुन्– सत्यमोहन जोशी । तिनै संस्कृतिविद्को नाम सम्झनेबित्तिकै श्रद्धाले शिर झुक्छ। सामाजिक जागरण, लोकसंस्कृतिको उन्नयन र साहित्यको श्रीवृद्धिमा अनवरत समर्पित जोशी…