Logo १४ बैशाख २०८३, सोमबार | Mon Apr 27 2026


नेपालमा भोकमरी बढ्यो

१ सय २१ मुलुकमा नेपालको स्थान ८१ औं

3.6k
Shares

काठमाडौं । विश्व भोकमरी सूचकांक (ग्लोबल हंगर इन्डेक्स) मा नेपाल ८१ औं स्थानमा झरेको छ । विश्वका १ सय २१ देशमध्ये भोकमरीको स्थिति जनाउने सुचकांकमा सन् २०२२ मा नेपाल पाँच स्थान तल झरेको छ । सन् २०२१ मा नेपाल १ सय २१ देशमध्ये ७६ औं स्थानमा थियो ।

बालबालिकाको पोषणसम्बन्धी तथ्यांकमा आधारित भएर देशको स्तर निर्धारण हुने भोकमरीसम्बन्धी प्रतिवेदनमा जनाइएको छ ।

अल्पपोषित वा न्यूनपोषित दर, कुपोषण, बालबालिकाको उमेरअनुसार तथा उचाइअनुसार तौल नहुने र बालमृत्युदरमा आधारित तथ्यांकका आधारमा यस्तो सूची तयार गएिको पनि प्रतिवेदनमा जनाइएको छ ।

आयरल्याण्डको विश्वव्यापी सरोकार र जर्मनीको वेल्टहंगर हिल्फे संस्थाद्वारा सार्वजनिक गरिएको यस वर्षको तथ्यांकमा नेपालले १९.१ अंक पाएको छ । यसलाई मध्यम खालको भोकमरीको स्थिति मानिन्छ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।