ब्याजदर वृद्धिले मर्का परेको गुनासो « Imagekhabar – Online News Portal of Nepal
२३ मंसिर २०७९, शुक्रबार | Sat Dec 10 2022


ब्याजदर वृद्धिले मर्का परेको गुनासो


78
Shares

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले ब्याजदर वृद्धिले उद्योगी, व्यवसायी निकै मर्कामा परेको बताएका छन् ।

बैंक तथा वित्तीय संस्थाले लिने स्प्रेड दर र कर्जा प्रवाह गर्दा बेस रेटमा उच्चतम ६ प्रतिशत प्रिमियम कायम हुँदा उद्योगी, व्यवसायी निकै मर्कामा परेको उनले बताए । उद्योग व्यापार संगठन रुपन्देहीको १५ औं वार्षिक साधारणसभा उद्घाटन गर्दै अध्यक्ष मल्लले अकाशिएको ब्याजदर नियन्त्रण नहुँदा सम्पूर्ण उद्योगी, व्यवसायी मर्कामा पर्नुका साथै महँगीले जनतामा समेत असर परेको बताए ।

कोभिड महामारीको कारण मुलुकको अर्थतन्त्र अत्यन्तै प्रभावित भएको र रुस युक्रेन युद्धले थप प्रभावित बनाएको अध्यक्ष मल्लको भनाइ छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।